
दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीको अनुमति

रुपन्देही : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।
अदालतले गत शुक्रबारदेखि लागु हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो।
जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो।
पुनसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको थियो। १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको उजुरी परेको रुपन्देहीका एसपी रंजित सिंह राठौरले बताए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया