

उपप्रधानमन्त्री महासेठ भन्छन्, ‘बुटवल–गोरुसिंगे सडक निर्माणको काम छिट्टै सुरु हुन्छ’





उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ।
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले बुटवल–गोरुसिंगे चन्द्रौटा सडक खण्ड निर्माणको लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो।
उहाँले बुटवल–नारायणगढ सडक खण्डको धेरै ढिलाइलाई सरकारले सिकाइको रुपमा लिएको बताउँदै बुटवल–गोरुसिंगे चन्द्रौटा सडक निर्माणमा ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाउनुभयो।
उपप्रधानमन्त्री महासेठले उक्त सडकको निर्माण गुणस्तरमा सम्झौता नहुने गरी सरकारले निरन्तर अनुगमन गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो। उहाँले भैरहवा लुम्बिनी सडक खण्डमा अलपत्र अवस्था रहेका पुलको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको जानकारी दिनुभयो।
उपप्रधानमन्त्री महासेठले पछिल्लो समय बुटवल नारायणगढ सडक खण्डको निर्माणको कामले गति लिएको उल्लेख गर्नुभएको छ।
यसैगरी उपप्रधानमन्त्री महासेठले मुलुककै अर्को महत्त्वपूर्ण परियोजना सिद्धबाबा सुरुङ मार्गको काम समेत तीव्ररुपमा अगाडि बढेकोले यो परियोजना पनि निर्धारित मितिमै सम्पन्न हुने विश्वास लिएको बताउनुभयो।
शुक्रबार उक्त सिद्धबाबा सुरुङ मार्ग निर्माण क्षेत्रको अवलोकन गर्दै उहाँले सिद्धबाबा सुरुङ्गमार्गको काममा कुनै समस्या नरहेको छिटो काम सम्पन्न हुने बताउनुभयो।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया