

उपप्रधानमन्त्री महासेठ भन्छन्, ‘बुटवल–गोरुसिंगे सडक निर्माणको काम छिट्टै सुरु हुन्छ’



उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ।
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले बुटवल–गोरुसिंगे चन्द्रौटा सडक खण्ड निर्माणको लागि टेण्डर आह्वान भइसकेको जानकारी दिनुभयो।
उहाँले बुटवल–नारायणगढ सडक खण्डको धेरै ढिलाइलाई सरकारले सिकाइको रुपमा लिएको बताउँदै बुटवल–गोरुसिंगे चन्द्रौटा सडक निर्माणमा ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाउनुभयो।
उपप्रधानमन्त्री महासेठले उक्त सडकको निर्माण गुणस्तरमा सम्झौता नहुने गरी सरकारले निरन्तर अनुगमन गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो। उहाँले भैरहवा लुम्बिनी सडक खण्डमा अलपत्र अवस्था रहेका पुलको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको जानकारी दिनुभयो।
उपप्रधानमन्त्री महासेठले पछिल्लो समय बुटवल नारायणगढ सडक खण्डको निर्माणको कामले गति लिएको उल्लेख गर्नुभएको छ।
यसैगरी उपप्रधानमन्त्री महासेठले मुलुककै अर्को महत्त्वपूर्ण परियोजना सिद्धबाबा सुरुङ मार्गको काम समेत तीव्ररुपमा अगाडि बढेकोले यो परियोजना पनि निर्धारित मितिमै सम्पन्न हुने विश्वास लिएको बताउनुभयो।
शुक्रबार उक्त सिद्धबाबा सुरुङ मार्ग निर्माण क्षेत्रको अवलोकन गर्दै उहाँले सिद्धबाबा सुरुङ्गमार्गको काममा कुनै समस्या नरहेको छिटो काम सम्पन्न हुने बताउनुभयो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया