

लुम्बिनीमा बढ्दै पर्यटक, स्थलमार्गबाट आउने धेरै





रुपन्देही : रुपन्देहीको भैरहवास्थित सिमा नाका बेलहिया हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको छ। बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार फेब्रुअरीमा यो नाका हुँदै १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यसअघि सन् २०१९ को फेब्रुअरीमा सर्वाधिक २५ हजार पर्यटक यो नाका हुँदै आएका थिए । २०२० को फेब्रुअरीमा २३ हजार, २०२१ मा एक हजार, २०२२ मा ५६ तथा २०२३ को फेब्रुअरीमा १३ हजार पर्यटक बेलहिया नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी, फेब्रुअरी दुवै महिनामा पर्यटक आगमन बढेको छ । यो नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनीपछि पोखरा, चितवन, काठमाडौं, मुस्ताङ, मनांङ, पाल्पा पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने गरेको छ ।
पर्यटकको आवागनमा बृद्धि भएपनि पर्यटकको बसाई लम्ब्याउन नसक्दा पर्यटन व्यवसायिले फाईदा लिन नसकिएको व्यवसायि मेघनाथ आर्चायको भनाई छ ।
तथ्यांक अनुसार लुम्बिनीमा नेपाली, भारतीय र विदेशी गरी औषतमा दैनिक तीन हजार पर्यटक आउनने गरेका छन् । लुम्बिनीमा पुग्ने पर्यटकको बसाई लम्व्याउनका लागि लुम्बिनी बिकास कोष सहित सम्बन्धीत निकायले बिशेष खालका कार्यक्रम गर्नु पर्ने देखिन्छ ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया