

लुम्बिनीमा बढ्दै पर्यटक, स्थलमार्गबाट आउने धेरै



रुपन्देही : रुपन्देहीको भैरहवास्थित सिमा नाका बेलहिया हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको छ। बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार फेब्रुअरीमा यो नाका हुँदै १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यसअघि सन् २०१९ को फेब्रुअरीमा सर्वाधिक २५ हजार पर्यटक यो नाका हुँदै आएका थिए । २०२० को फेब्रुअरीमा २३ हजार, २०२१ मा एक हजार, २०२२ मा ५६ तथा २०२३ को फेब्रुअरीमा १३ हजार पर्यटक बेलहिया नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी, फेब्रुअरी दुवै महिनामा पर्यटक आगमन बढेको छ । यो नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनीपछि पोखरा, चितवन, काठमाडौं, मुस्ताङ, मनांङ, पाल्पा पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने गरेको छ ।
पर्यटकको आवागनमा बृद्धि भएपनि पर्यटकको बसाई लम्ब्याउन नसक्दा पर्यटन व्यवसायिले फाईदा लिन नसकिएको व्यवसायि मेघनाथ आर्चायको भनाई छ ।
तथ्यांक अनुसार लुम्बिनीमा नेपाली, भारतीय र विदेशी गरी औषतमा दैनिक तीन हजार पर्यटक आउनने गरेका छन् । लुम्बिनीमा पुग्ने पर्यटकको बसाई लम्व्याउनका लागि लुम्बिनी बिकास कोष सहित सम्बन्धीत निकायले बिशेष खालका कार्यक्रम गर्नु पर्ने देखिन्छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया