

कपिलवस्तुबाट रबिले के भने ?





कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफूलाई कसैसँग लुक्न नपर्ने बताएका छन । रास्वपाले शनिबार कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगलाशामा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले कपिलवस्तुको खुला सभामा जनताले देखाएको यो उत्साहले अब धेरैलाई छटपटी हुने समेत दाबी समेत गरे । ‘कति रोक्न रोक्छाँै रोक, अब नेपाली जनतालाई कसैले रोक्न सक्ने छैन, कसैले छेक्न सक्ने छैन ।’ उनले भने ।’
देशले चिनेका नभए पनि रास्वपासँग देशलाई चिनेका एक एक असल मान्छे रहेको भन्दै उनले देशको संसदलाई जनताका कुरा स्पष्ट राख्न सक्ने मान्छे रास्वपाबाट पुगेको बताए । घण्टीको आवाज सदनमा पनि जोडदार बज्ने गरेको उनको भनाइ थियो ।
उनले भने, ‘यो शीर तमाम बा–आमाहरुले आशिर्वाद दिएको शीर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेद्धार लिएर आएका छौँ, अब घण्टी बजाउँछौँ, अब देशमा कसैले भोको पेट बस्न नपरोस, कसैका छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस, कसैले स्वास्थ्यका लागि उपचारबाट बञ्चित हुन नपरोस यही संकल्प लिएर हिडेका छौँ ।’
हिजो, कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई वा माओवादीले कांग्रेस एमालेलाई गाली गरि गरि समय खेर फालेको भन्दै अहिले सबै मिलेर रास्वपालाई कमजोर पार्ने काममा लागिरहेको आरोप समेत लगाए ।
रबिले के भने ? सम्बोधनको खासखास सारसंक्षेप जस्ताको त्यस्तै
जति घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ, त्यसको हिसाब अब नेपाली जनताले दिने भन्दै उनले भने , ‘एउटा सामान्य संचारकमर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन, अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी कसले लुट्यो एक एक हिसाब लिने छौँ ।’
नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन् । त्यो पुुरा गर्न हामी तयार छौँ ।
लुम्बिनी जस्तो पवित्र ठाउँलाई पनि लुकाउन पर्ने स्थिति आएको छ, आज किसानले दुधको मुल्य नपाएर दुध पोख्न परेको छ । जुन किसानले भोट दिएर पाठायो, यही भुमिका कृषि मन्त्री छन भन्ने सुनेको छु, मलाई थाहा छैन , तर उनलाई थाहा छैन यहीँका किसानको पिडा ।
एउटा गठबन्धन तोडेर अर्काे गठनन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् आफूलाई थाह नभएको उनले बताए । सुनको फाइल खोल्दा आफ्ना साथीहरु नै सुनै सुनका पहेँला देखिने र करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको छ । यता फाइल खोल्दा सरकार ढल्छ, उता फाइल खोले पनि सरकार ढल्छ, प्रधानमन्त्री कता के गर्दै हुनुुहुन्छ, हैन मलाई यही गठबन्धन चाहिन्छ भन्दै हुनुहुन्छ ?
उनले भने, जबसम्म हामी राम्रो काम गर्छौ हाम्रो समर्थन गर्ने र गलत गर्दाका दिन हामीलाई कपिलवस्तु छिर्न नदिने हो । जनताले यसरी सोच्न पर्छ । घण्टी तब सम्म बजाउनुस जब सम्म हामी इमानको राजनिति गर्छौ । कपिलवस्तुका जनतालाई दल बदल्ने नभई मन बदल्न उनले आग्रह गरे । आफ्नो अमूलय मत सुरक्षित राख्ने हो । उनले भने, जनता र जनताका मुद्दालाई केन्द्रमा राखेर आफ्नो अभिमत प्रयोग गर्ने हो ।
उनले आफुले दिएको कपिलवस्तुको क्याप्सुल अब चार वर्ष जोगाएर राख्न सक्नुहुन्छ भन्दै मैदानमा बसिरहेका जनता जुरुक्कै उठाए । उनले भने कतै हसिया हथौडाले बजाउला, कहि रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा क्याप्सुल सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन कुनै पनि तागतले ।
आफूलाई माया गर्ने देशभरीका जनतालाई भेट्न देशभर दौडिएको भन्दै उनले समाचारमा आउने हेडलाइन र आरोपले केहि पनि असर गर्दैन । म देशभरिका बा–आमासँग शीर निहुराउन जानेको छु, तर कोठामा बसेर कसैले षड्यन्त्र गरेको भए त्यो भण्डाफोर पार्ने र त्यसको हिसाब पनि राख्न जानेको छु ।
हामी हाम्रो देशका युवालाई खाडीमा पठाएर मागी खाने देश होइन, हामी आफूलाई शौभाग्यसाली बनाउने देशका नागरिक हौँ । यो देशलाई एक पटक विकसित राष्ट बनाउन जे फाल्न पर्छ फालौँला, भ्रष्ट नेता फाल्न पनि फालौँला । मात्र एक पटक रास्वपालाई सरकार चलाउने मौका दिनुहोला । आँट हामीले गरिसकेका छौँ । हाम्रो हात नछोड्नुहोला । आधा काम सकियो, अब बाँकी आधा काम अब ८४ मा सक्ने हो । ढुक्क हुनुहोस ।
हजारौँको भिडबाट बोलेको छु, कहि कतै केही पनि गल्ति गर्ने छैन । यसै गरी शीर ठाडो पारी हिड्ने छु र तपाईँको हातबाट यसरी नै फूल लिएर हिड्नेछु । बस् एक पटक सदनभरी घण्टी बजाउने मान्छे लिएर जाऔँ, अब जनताले कपिलवस्तुबाट पनि घण्टी बजाउने मान्छे पठाउने छन । यहीबाट अब सोविता जन्मिन्छन, यहिबाट अब स्वर्णिम जन्मिन्छन, यही बाट अब विराज जन्मिन्छन । कपिलवस्तुका जनताले अब आफ्नो मत परिवर्तन गर्ने छन ।
म यत्ति भन्न चाहन्छु, आफूले गल्ति गरेर पनि नेताहरुसँग हार गुहार गर्दै मलाई बचाइदिउ न भन्न कदापी जाने छैन । आज कपिलवस्तुमा देशलाई बचाउने बिउ रोपिएको छ । त्यो बिउ अब चार वर्ष सम्म जोगाएर राख्नुहोला, त्यो विरुवा म तारबार लगाउन आउँने छु, त्यसमा कसैले आँखा लगाउला, त्यो जोगाउनुहोला, म एउटा आशाको मलहम बोकेर जादैँ छु, र म फेरी आउँने छु, त्यो बिरुवा जोगाइएको छ वा छैन म आउने छु, जब सम्म आउने छु तब जम्म तपाई मलाई कपिलवस्तुका जनताले बेलाइरहनुहुने छ ।
जनता शक्तिशाली भएको देश कहिले पनि हार्न पर्दैन । अब जित्ने भोट हाल्ने हो, मलाई जिताउन होइन, घण्टीलाई जिताउन होइन, रास्वपालाई जिताउन होइन । देशलाई जिताउन भोट हाल्ने हो । स्वदेशमा अवसर नपाएर बिदेशमा पसिना बगाइरहेका ति दाजुभाइहरुका लागि भोट हाल्ने हो ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया