

बाँसले धानेको जिन्दगी, ‘सीप संरक्षण नहुँदा चिन्तामा’





रामबहादुर गन्धर्व, कपिलवस्तु । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ४ अर्घातोसका ८२ वर्षीय भोटबहादुर बि.कको कामलाई अझै बुढ्यौली लागेको छैन । उनी उमेरले ८० काटे पनि कामले अझै जवान जस्तै छन् । आफ्नो सीपलाई बाँसका चोयामा पोख्ने भोटबहादुर छिमेकी जिल्ला मात्रै होइन टाढा टाढासम्म बाँसबाट निर्मित सामग्रीको बजारीकरणका लागि दौडिरहन्छन् र यसैको आम्दानीले परिवार पाल्छन् ।
८२ बर्षिय भोटबहादुर बि.क.र ६६ वर्षीय गोपाल सुनारले स्थानीय कच्चा पदार्थबाट निर्मित हस्तकलाका सामग्री निर्माण गरी कपिलवस्तु,दाङ, रुपन्दही सम्मका गाउँ तथा बजारमा बिक्रिका लागि दैनिक हिड्ने गरेको बताउँछन् । पहाडमा पाइने स्थानीय बाँसबाट घरमै बसेर उनीहरुले डोका ,मान्द्रा र भकारी लगाएतका घरेलुु प्रयोगमा आउने सामग्री बनाउँछन् । तयारी सामग्री विभिन्न माध्यमबाट तराईका जिल्लामा बजारीकरणका लागि उनीहरु आफैले ल्याउने पनि गर्छन् । त्यसबाट प्राप्त आम्दानीले आफ्ना परिवार पाल्ने वि.क र सुनारको पेसा बनेको वर्षाैँ भएको छ ।
उनीहरूले निर्माण गरेका यी सामग्री बाग्लुङ ,पोखरा ,कपिलवस्तु ,दाङ लगाएतका जिल्लाहरूमा खपत हुने गरेको भोटबहादुरले बताए । उमेरले ८२ पुगेका भोट बहादुरका एक छोरा र एक छोरी सहित दुई नतिनी र एक नाति छन् । यस्तै गोपालका ६ नातिनातिनासहित दुई छोरा र छोरी सहित ११ जनाको परिवार छ । आफ्नो परिवार पाल्ने माध्यम नै यही रहेको उनीहरुले बताए ।
६६ वर्षीय सुनारले १४ बर्षको उमेर बाट यो पेसा गर्दै आएको बताउँछन् । ‘आफुहरूलाई स्थानीय सरकारले पुर्ख्यौली रूपमा सञ्चालन गर्दै आएको ज्ञानसिप आधुनिकरण गर्दै युवा पुस्तमा हस्तान्तरण गर्न माग गर्न पटकपटक गएता पनि सम्बन्धित पालिका र वडाले आफुहरूलाई बेवास्ता गरेको गुनासो समेत उनीहरुको छ । उनिहरूले भने ‘भोट बैंकका रूपमा हामीलाई प्रयोग गर्दै आए, हाम्रो कुनै सुनावाई हुँदैन, हामीले सञ्चालन गर्दै आएको परम्परागत सीप र ज्ञानलाई सम्बन्धित पक्षले सहयोग गरे आफुहरूलाई टेवा पुग्ने अपेक्षा छ ।’
अहिले बजारमा प्लााष्टिकका तयारी सामग्रीको बढ्दो प्रभावका करण बाँसबाट निर्मित सामग्रीको प्रयोग घट्दो छ भने नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुँदा डोको, डालो, भकारी जस्ता दैनिक उपयोगमा आउने घरायसी प्र्रयोजनका यी सामग्री बनाउनेहरुको संख्या पनि हराउँदो छ । तर पहाडी समुदायमा आफ्नो पुख्र्याैली पेसा नै यही बनाएका केही बढापाकाहरु बाँस र बाँस जन्य वस्तुबाट निर्मित सामग्री अझै पनि नेपाली बजारसम्म पुर्याइरहेका छन् । पेसा नै संकटमा पर्दै गएको विषयमा भने उनीहरु पनि चिन्तामा छन् । गोपालबहादुर भन्छन्, ‘पालिका र वडाले निर्माणका सामग्री दिने र यो सिप संरक्षणमा ध्यान दिन सके आम्दानीका लागि राम्रै हुने थियो ।’
उनले बाँसबाट बनाइने सामग्रीहरु डोका, डालो, नाङ्लो, भकारी, मान्द्रो बुन्ने गर्छन् । पिट्ठ्युमा आफैले बुनेका डोका बोकेर उनी तराईका ग्रामिण तथा बजारी क्षेत्रमा दिनभर डुल्छन् । बिक्रिबाट प्राप्त आम्दानी लिएर केही दिनको बसाइ पछि घर फर्किन्छन । पुनः उनको दैनिकि बाँस काट्ने, चोया बनाउने र यीनै सामग्री तयार गर्नमा बित्ने गर्छ ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया