
बुद्ध शान्तिमा प्रथम खाना महाेत्सब

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे -कपिलवस्तु नगरपालिका वडा नं.९स्थित इङलिस बाेडिङ स्कुल कुस्मा क.ब. ले तपाई हाम्रो माझ बुद्ध शान्तिकाे पहिचान भन्ने मुल नाराका साथ प्रथम खाना महाेत्सव शनिबार एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न गरेको छ।
गाउँघरमा हराउँदै गईरहेकाे ज्ञान,सिपकाे संरक्षण ,समाजमा हुने विभिन्न खालका विभेद अन्त्य गर्ने उद्वेश्यले आयोजना गरिएको खाना महाेत्सवमा कक्षा४- ६सम्मका छात्राछात्रहरू सहभागी रहेका थिए भने खाना महाेत्सबमा विभिन्न परिकार बनाएर प्रदर्शन गर्नुका साथै बिक्री गरि आम्दानी गर्ने माध्यम बनाएका थिए ।
आयोजित कार्यक्रममा बाेल्ने बक्ताहरूले बिद्यालयले आयोजना गरेको उदाहरणीय कार्यकाे प्रशंसा गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरूकाे लागि जिवनपयाेगी हुनुका साथै मौलिक सीप ,ज्ञानकाे संरक्षण हुने हुँदा यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जाेड दिएका थिए। कार्यक्रम सञ्चालक समितिका अध्यक्ष कृष्णगाेपाल के.सि.काे अध्यक्षता सल्लाहकार समितिका सदस्य बालप्रसाद पौडेलकाे प्रमुख आतिथ्यता लुम्बिनी बिकास काेष कपिलवस्तुका सदस्य गाेपिकृष्ण शर्माको बिशिस्ट आतिथ्यता र बिद्यालयका प्र.अ.नारायण पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया