
अवैध सामानसहित पाँचजना पक्राउ

बाँके : बाँकेको नेपालगन्ज ल्याइँदै गरेको अवैध सामग्रीसहित बाँके प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट ल्याउँदै गरेको दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको अवैध सामानसहित पाँच जनालाई आइतवार विहान नेपालगन्ज उपमहानगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमाण्डको टोलीले कुर्ता, सल्वार लगायतका सामग्री, तस्करीमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित तस्करीमा संलग्न पाँच जनालाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।
उक्त अवैध सामान, मोटरसाइकल, साइकलसहित पक्राउ परेका सवैलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको उनले बताए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया