

नागरिक बन्न नसकेका हामी नेपाली !

“ जनालाई त जाउ टीका सनु अझै भन्छ यो मनले नजानु“ – राजुपरियार
“जाँदैछु म केइ नि न देखेर, अब हुन्न रोकेर छेकेर
– टीका सानु
के देशमा केही पनि नभएकै हो ? माथिको गीतको तुक्का मेरा मनमुटुका लोक गायक राजुपरियारलाई अर्कि लोकप्रीय गाइका सानुले विदेश जाने वाध्यता बारे गाएको हो । दोहरी गीतमा बिषयबस्तु अनुरुप खेल्दै जानेकुरा भैहाल्छ । गायिकाको प्रतिउत्तरमा मैले पनि दोहोरी खेलेको थिएं , – श्रीमती र छन् दुइटा छोरा तिम्रो चित्त बुझाँउला के भो र ?
जसले देशकै नेत्रृत्व समालेको छ, उसैले आाफ्ना छोरा नाति अमेरिका , बेलायत या स्विटजरल्याण्ड सेट गरिरहेको छ । ऊ देश बानाउँने उद्देश्यले होइन विदेशीको ईसारामा देश खरानी पारेर विदेशी प्रभुत्व शुनिश्चित गर्ने अभियानमा लागेको जस्तो अनुभूति शहजै भैरहेको छैन र ? हामी त्यस्तो अभागी देशका तथाकथित गणतन्त्रका रैती हौं जाहाँ आधा दर्जन दुष्ट नेताहरुले जे भन्छन् या जे गर्छन् त्यो नै सर्बोपरि हो । गणतन्त्र भए त हामी नागरिक हुन्थ्यौं नि त ! संबिधानको किताबमा लेख्तैमा केही हुंदैन हामी दलिय सिण्डिकेट र लुटतन्त्रका पीडित भयौं । तिनले गरेको निर्णय यस्तो अकाट्य छ जुन बिषयमा अदालतमा मुद्दा लाग्दैन या दर्ता नै हुँदैन किनकि अदालतलाका न्याधिशनै तिनका झोले कार्यकर्ता हुन् । हिँजो म केही नभएको सुकुम्बासी सर्बहारा हुं भनेर सार्बजनिक स्व घोषणा गरेको , आफूलाई आम भूईं मान्छेको मसिहा हुं भन्नेको राजधानी र देशका ठूला शहरमा करोडौंक महल , करौडौंको गाडि घोडा अनि थुप्रै उद्योग , वित्तिय संसा , हाइड्रो अनि होटलहरुमा शेयर लगानी कसरी भयो ? जबकि उस्ले जीवनमा देखिनेगरि कुनै उद्यम गरेकै छैन । एउटा तपस्वी बमजनको दुई चार करोड श्रद्धालुहरुले दिएको दान अबैध भयो भन्नेहरु नेपाली जनतालाई नक्कली शर्णार्थी बनाएर बेचेकाहरुको शम्पत्ती जाँच त ? प्रथम चरणमा ०४६ साल पछि प्रधानमन्त्री , मन्त्री , उँच्च राजनैतिक नियुक्ति , भन्सार राजश्वका प्रखुखहरुको शम्पत्ती छानबिन गरे देशदाई चाहिँने सम्पूर्ण विकास बजेटको निमित्त विदेशी सँग पसारिनुनै पर्दैन नि !
नागरिक बन्न सकेनौ हामी
हामीले स्कुलले शिक्षा लिने बेला नागरिकका बिषयमा पढाइ हुन्थ्यो । देशका नागरिकहरुको अधिकारका साथमा कर्तव्यको पनि ज्ञान दिइन्थ्यो । समाज र राष्ट्र निर्माणमा नागरिकको अहम भूमिकालाई हामी पूरा गरेका छौं ? देशमा भ्रष्टाचार भयो कुशासनले जरा गाड्यो अनि राज्यका स्रोत साधनमा केही नेता तिनको दलीय लुटतन्त्र र सिण्डिकेटधारीहरुको हदैसम्मको लुट स्थापना भएको जान्दा जान्दै हामी नागरिकहरुले कुनै संगठित भूमिका पूरा गर्न किन सकेनौं भन्ने आजको मूल प्रश्न हो । अझैपनि आम नागरिकहरु आफ्नो नागरिक कर्तव्यलाई ख्याल नगरेर चुपचाप बस्यौं भने भोलि अझै अँध्यारो हुन सक्छ ।
एउटा हिरोको खोजि समाधान होइन
काल्पनिक कथा र सिनेमाहरुमा एउटा हिरो उत्पन्न गरिन्छ । हिरो एक्लैले साराका सरा भिलेनहरुलाई सखाप पार्छ । एकै रातमा ठूला ठूला भौतिक संरचना बनाएर देखाउँछ । उसको जयजयकार गरिन्छ अनि समाज खुसि सुखि र आवाद देखाइन्छ ।
पटक पटकका व्यवस्था र संविधान परिवर्तनबाट पनि मुलुक हिजो भन्दा आज झनै तल तल खस्किंरहँदा आज आम नेपाली समाज एउटा हिरो खोजिरहेको छ त्यो सर्बथा उचित समाधान होइन । उधारणको निमित्त आजको युक्रेनलाई लिन सकिन्छ । युद्धबाट झण्डै सखाप भैसकेको देश युक्रेनका राष्ट्रपति जेलेनेस्कि एउटा टेलिभिजन कर्यक्रमका हिरो थिए । त्यो देशका जनताले उनको कलाकारिताको लोकप्रीयतालाई जनअनुमोदन गरेर राष्ट्र नै सुम्पिए । उनी कलाकारितामा सफल भएपनि राजनीतिमा सफल हुन सकेनन् । उनले देहलाई शक्तिसम्पन्न राष्ट्र रुससँग देशलाई युद्धमा धकेले र आज युक्रेनको अवस्था के छ वर्णन गरिरहनु परेन । नेपालमा पनि हिरो जन्माउँने कोसिस भैरहेको छ । तर हिरोहरु विध्यमान व्यवस्थाको सञ्चालन गलत छ भन्ने कुरा प्रमाणित गरेपनि सफल छैनन् । उधारणको निमित्त रवि लामिछाने हेरकदिन विवादमा छन् । उनको जीवन शैली , उनले संगत गरेका पात्रहरु हाम्रो समाजले पचाई रहेको छ र ? देश विधि र पद्धतिले चल्नु पर्छ । आजको युगमा व्यक्ति भन्दा विधि पद्धति खनि निष्ठा र नैतिकताको आधारमा चल्नु पर्छ । त्यसैले व्यक्तिको नायकिकरण सिनेमा खेल या कला संस्कतिमा हुन्छ राजनीतिमा हुँदन । नेपाली समाजले यो कुरा बेलैमा बुझेको राम्रो ।
नागरिक बनौं पैला
हिंजो हामी राजाको पाला रैती थियौं । व्यवस्था परिवतर्न हुँदै जाँदा जनता या नागरिक भनेपनि हामी नागरिक कहिल्यै भएनौं । बरु दलिय सिण्डिकेछको कारण दलका अन्धभक्त या झोले भयौं । हामीले आसा र भरोसा गरेका नेताहरुले हामीलाई शत्तामा उक्लने भ्रयाङको रुपमा उपयोग गरे । कुन दलले कति गरे त्यसको हिसाब हुँदै गर्ला तर शासन चलाउँने तरिका , विधि र पद्धति सबैको ऐउटै रहेन र ? ओली , नेपाल , देउवा या फूलकमल सबैले मिलेर या झगडा गरेजस्तो गरेर आाम नेपालीको शोषण दमन र अत्ताचार थप्ने बाहेक के पो गरे र ?
अन्तमा –
हामी निरपेक्ष विरोध या समर्थन कसैको नगरौं । एउटा सानो उधारण आफ्नो कर्म गर्दा गर्दै देशको कुनैपनि नागरिक बिमारि भएर ढल्यो । सबैभन्दा पैला उस्को उपचार गर्नु पर्यो । उसको उपचार पछि सञ्त भएर उसैले उपचार सक्ने रहेछ भने तिरिहाल्छ यदि नसक्ने रहेछ भने त्याहाँ राज्यको उपस्थिति होस् । संक्षेमामा यहिँ नै हो नागरिक पैलो अभियाँन भनेको । एउटा निमुखा गरिबको छोरा पढाईमा अब्बल छ उसको क्षेमताले डाक्टर इन्जियनियर , संगित साहित्य वा कानुन पढ्न भ्याउँछ । उसलाई घरको आर्थिक अवस्थाले वाधा नगरोस् यो नै हो नागरिक पैलो अभियान भनेको । सार रुपमा राज्य देशको नागरिकमैती बन्ने व्यवस्था नै आजको युगमा उचित व्यवस्था हो । मित्रहरु जीवन मरेर जाने नै त हो त्यसैले बाँकि जीवन यो अधियानमा समर्पित गरौं !


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया