

रुपन्देहीको जितगढी किल्ला उपमहानगरलाई हस्तान्तरण





रुपन्देही । नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्ला संरक्षण र पुनर्निर्माणपछि नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गर्नुभएको हो । गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालनको जिम्मा अब बुटवल उपमहानगरपालिकाले पाएको छ ।
बुटवल नगरपालिकाको वडा नम्बर १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ । जितगढीमा १८७२ सालको वैशाख ७ गते नेपाली सेना र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापाकाे कमान्डमा तैनाथ नेपाली फाैजले अङ्ग्रेज फैाजलाई हराएकाे थियाे ।
किल्ला हस्तान्तरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताउनुभयो । उहाँले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ । जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने उहाँको भनाइ छ ।
किल्ला हस्तान्तरणपछि मेयर खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध सङ्ग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अङ्ग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताउनुभयो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया