पिकनिक जाने यात्रुु बोकेको बस दाङमा दुर्घटना, ३० जना घाइते

दाङ : दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। बर्दियाको बडैयाताल गाउँपालिका(६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर(१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले बताए। देवकोटाका अनुसार, घाइतेमध्ये केहीलाई नेपालगञ्ज र केही तुलसीपुर लगिएको छ।

बसको ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताए।

प्रतिक्रिया

खबर सबै