

पिकनिक जाने यात्रुु बोकेको बस दाङमा दुर्घटना, ३० जना घाइते



दाङ : दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। बर्दियाको बडैयाताल गाउँपालिका(६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर(१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले बताए। देवकोटाका अनुसार, घाइतेमध्ये केहीलाई नेपालगञ्ज र केही तुलसीपुर लगिएको छ।
बसको ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताए।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया