

बुटवल ब्लड बैंकमा कार्यरत प्रशान्तसागर बसको ठक्करबाट गम्भिर घाइते



बुटवल : रक्त सञ्चारक केन्द्र बुटवलमा कार्यरत प्रशान्तसागर अर्याल बसको ठक्करबाट गम्भिर घाइते भएका छन् । विहिबार विहान बुटवल नयाँगाउँदेखि बुटवलतर्फ आउँदैगर्दा उनी सवार लु ८२ प ३३५८ नम्बरको मोटरसाइकललाई भे १ ख ४०५९ नम्बरको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दियो । प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि घाइते अर्याललाई भैरहवाको मेडिकल कलेजमा रिफर गरिएको हो । नयाँगाउँको आरम्भ रिसोर्टतर्फ जाने बाटोदेखि राजमार्गमा निस्किँदै गरेका प्रशान्तलाई बुटवलदेखि पश्चितर्फ जाँदै गरेको बसले ठक्कर दिएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया