

बुटवल ब्लड बैंकमा कार्यरत प्रशान्तसागर बसको ठक्करबाट गम्भिर घाइते



बुटवल : रक्त सञ्चारक केन्द्र बुटवलमा कार्यरत प्रशान्तसागर अर्याल बसको ठक्करबाट गम्भिर घाइते भएका छन् । विहिबार विहान बुटवल नयाँगाउँदेखि बुटवलतर्फ आउँदैगर्दा उनी सवार लु ८२ प ३३५८ नम्बरको मोटरसाइकललाई भे १ ख ४०५९ नम्बरको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दियो । प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि घाइते अर्याललाई भैरहवाको मेडिकल कलेजमा रिफर गरिएको हो । नयाँगाउँको आरम्भ रिसोर्टतर्फ जाने बाटोदेखि राजमार्गमा निस्किँदै गरेका प्रशान्तलाई बुटवलदेखि पश्चितर्फ जाँदै गरेको बसले ठक्कर दिएको हो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया