
२०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ ।
आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलले नागरिकका लागि काम नगरेको बताउनुभयो । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र नागरिकलाई के गर्नसक्छौँ गर भन्ने चुनौती दिएको उहाँकाे भनाइ छ । सभापति लामिछानेले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन् । पालिकामा एक सय एक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ भनेर हामीलाई ठाडै चुनौती दिए । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन । २०८४ मा एकै पटक बाईबाई गर्ने, एउटा सिट पनि नदिने । एक/दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईँ थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’
सभापति लामिछानेले नेपालीको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया