

बुद्ध युनाइटेड पडरियाले जित्यो टोल स्तरीय फुटबलको उपाधि


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा आयोजना गरिएको टोल स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधी बुद्ध युनाइटेड पडरियाले जितेको छ ।
आइतबार भर्तापुर मैदानमा सम्पन्न उपाधी भिडन्तमा भर्तापुर एफसी (प्रयास सामाजिक युवा क्लव) लाई ५–३ गोल अन्तरले पराजित गर्दै बुद्ध युनाइटेड पडरियाले उपाधी उचालेको हो ।
निर्धारत ९० मिनेटको खेलमा पहिलो हाफ आफ्नो पक्षमा बनाएको भर्तापुरले सोही लयलाई सम्हाल्न नसक्दा उप विजेतामा चित्त बुझाउन बाध्य बनेको छ । पहिलो हाफमा ३–० को अग्रता बनाएको भर्तापुर दोस्रो हाफमा कमजोर खेल प्रर्दशन गर्दा बुद्ध युनाइटेडले दोस्रो हाफ मै ५ गोलसहितको जित हात पारेको हो ।
प्रयास सामाजिक युवा क्लवले आयोजना गरेको प्रतियोगितामा वडा नम्बर ९ को वडा कार्यालय, अमृते सामुदायिक वन र कोइलीचौर साना किसान सामुदायिक वन सहयोगी संस्थाको रुपमा रहेका थिए ।
उपाधी सँगै बुद्ध युनाइटेडले २५ के.जिको खसीसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ भने उप विजेता बनेको भर्तापुरले १५ के.जिको खसीसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
प्रतियोगताको उत्कृष्ट गोल रक्षक भर्तापुर एफसीका पुर्ण बि.क बनेका छन् भने म्यान अफ् दि टुर्नामेटन्टको पुरस्कार भर्तापुर एफ.सीका आकाश दर्लामी बनेका छन् । यस्तै फाइनल खेलको म्यन अफ् दि म्याच बुद्ध युनाइटेड पडरियाका सागर गुरुङ बनेका छन् ।
प्रतियोगितामा विजेता र उपविजेता बनेका दुबै टिमका खेलाडीहरुलाई वडा अध्यक्ष कमल पौडेल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पोडेल र कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषालले पुरस्कार प्रदान गरका थिए ।
यस्तै प्रतियोगिता अवधिभर महत्वपूर्ण भमिका निर्वाह गरेका खेल रेफ्री, सहयोगी व्यक्ति तथा सहयोगी संस्थाहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।



खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया