कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७) शोक बिदा दिएको छ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै पूर्व नगरप्रमुख गुप्ताको असामयिक निधनले नगरपालिका परिवार मर्माहत भएको जनाएको छ।


नगरपालिकाका नगरप्रमुख सुदीप खनालेले जारी गरेको सूचनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छन् ।


नगरपालिकाले कात्तिक २७ गते एक दिनका लागि नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिएको जनाएको छ।


लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


२०३९ सालमा तौलिहवा नगरपालिका स्थापना भएपछि उनी नगर प्रमुखमा निर्वाचित भएका थिए। त्यसैगरी, २०४८ र २०५४ सालमा पनि कपिलवस्तु नगरपालिकाको मेयर बनेका थिए।


२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका उनी पराजित भएका थिए।

प्रतिक्रिया

खबर सबै