

पहिरोले जेसिबी पुरिदा एकको मृत्यु


पाल्पा । पाल्पामा पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ ।
उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।
आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो ।
पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोले पुरिएर घाइते हुनुभएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया