

पहिरोले जेसिबी पुरिदा एकको मृत्यु



पाल्पा । पाल्पामा पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ ।
उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।
आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो ।
पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोले पुरिएर घाइते हुनुभएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया