बिन्दाको प्रेम (भाग ६)

बिन्दा खतिवडा


कुनै केटा घरमा केटि हेर्न आउँदै गर्दा बेहुली हुन लागेकी युवती सझीए झैं म पनि श्रींगार गर्न थाले, मेरो पाउ भुँईमा थिएन , म पखेंटा फिजाएर उढेको पन्छी जस्तै निर्धक्क थिए, प्रेमले प्रेमकै कुरो छ भनेको थियो।
उस्लाई बिर्सन्छु भन्छु झन धेरै याद आउँछ
यो मन र मस्तिष्कको बिबाद आउँछ
नभुल्न सके न त तड्पिएर बाँच्न
ए१ हजुर भनिदिनुहोस न यो
यादको सकिने कैले म्याद आउँछ।
मैले कापी यी चार पन्ती लेखें।

म यादै यादमा मिठा कल्पना उडाउछु आफ्नै सगरमा , रमेर नाँच्छु आफ्नै बगरमा ।साच्चै त्यो फिल्ममा देखाए झै , ।।।फिल्म पनि त मानिसकै जिवनबाट प्रेरित भएर लेख्ने त हो नि।
मलाई जस्तै ती कथाकारले भोगेर त लेखेका होलान निरुसाच्चै यो अनुभुति सबैलाई हुन्छ होला तरु
के यो मेरो चंचलता प्रेम हो ररु।।।आफुलाई सोध्दै
मेरा निर्मल र निश्छल मनले उस्लाई खोज्नु पाप पनि त होईन जीवन साथी नै बनाउन खोज्नु गलत हो ररु
म आफैंलाई सम्झाउदै थिए।
हुन त प्रेम शब्द आफैंमा पुर्ण छ उस्लाई कसै सँग सापटी माग्नु पर्दैन जसरी सत्य हुँदा धर्मको अर्थ हुन्न ।तर जब धर्म बारे बोलिन्छ त्यहाँ सत्य नहुँन पनि सक्छ।
माया ,चाह र आसमा प्रेम त पर्दै पर्दैन प्रेम प्राप्ति हुन्छ भन्ने पनि कहिँ कतै छैन ।
स्वतन्त्र र मीठो अनुभुतिको अर्को नाम नै प्रेम हो ।न पाउने आस न गमाउने डर।
म प्रेमको परिभाषा आफैंलाई दिदै थिए।
भाग्यमानीले मात्रै आफुले प्रेम गरेको मान्छे पाउँछ ।म आफुलाई भाग्यमानीको सुचिमा राख्दै थिए।
अहो१ प्रेम , हुन त प्रेम जो सँग पनि हुन सक्छ।
युवा अबस्थाको प्रेम रति राग मानिन्छ तर निश्छल प्रेम त प्रकृति सँग , पशु पन्छी, आमा , बा, जो ,जस सँग पनि हुन्छ।
मैले आफू भित्र रहेको आकर्षणलाई प्रेम सोचिरहेकी त छैन अर्को मन भन्दै थियो।
हुन पनि सक्छ नि यहाँ मैले पाउने आस र गुमाउने डरले छट्पटी मा धेरै रात बिताएकि थिए। उस्ले जवाफ नदिंदा नै आफू मरे तुल्य भएकी म अब आफुलाई प्रेमको परिभाषा गर्न नजानेकि हुँ कि भन्दै थिए।आखिर सोधुँ त कस्लाईरु
दिन ढ्ल्दै थियो करिब तीन बजे तिर प्रेम घर आयो ।
म प्रेम देखेर खुशी मात्रै भैईन म चंगा जस्तै हलुका र फुरुङ भए।
आखिर मेरो प्रेम आयो।

प्रयास आमा सँग केही भन्दै थियो ।केही भनी सकेर मेरो छेउ आयो
मलाई हिंड बाहिर जाँउ भन्यो ।म तयार नै थिए ।
म अलमलमा परे अनि भने आमालाई सोध्नु पर्छ ।उस्ले भन्यो काकी लाई भनी सके
के खोज्छ्स कानो भन्दा आँखो भने जस्तै भो मलाई ११ चुपचाप एउटा जुत्ता लगाए त्यो पनि हिल प्रयास अग्लो थियो, मलाई पनि अग्लो देखिन मन लाग्यो।
प्रयासले उस्को मामाको बाईक लेराएको रैछ ।बाईक स्टाट गर्यो ।
अनि म तिर हेरेर बस भन्यो।म पनि खुब समातेर बसे, उस्ले बाईक पशुपतिको उत्तर तिर रोकेर पार्क गर्यो र गुजेश्वरी माथी हिडेर जाने भन्यो ।हिल जुत्ता लगाएकि मलाई हिड्न अलि गाह्रो हुन्थ्यो तर पनि म उ सँग हिंड्न् तयार भए ,हिंडे पनि खुट्टा खपिनसक्नु दुखिरहेको थियो, तर मैले ऐया सम्म बन्न सकिन ।यत्रो भर्‍याङ किन चढेको होला न सोध्न सकेरु माथी पुगेर उस्ले भन्यो ।ल बस
म सँगै बसे उस्को आँखा राता थिए , रोएर थाके जस्तो ।
मलाई जुत्ताले खुट्टा दुखाएकाले बसेर खुट्टा सुमसुमाउँदै थिए ।
प्रयास जुरुक्क उठ्छ मैले जुत्ता खोलेकी थिए हामी रुखको मुनि दुबोको माथी थियौं ,
उ उठेको देखेर मलाई डर लाग्यो कतै सर्प त आएन ।म पनि के भो के भो भन्दै उठे ।
उस्ले मलाई च्याप समातेर अँगालो हाल्यो ।मलाई यो क्षणको प्रतीक्षा नै थियो।
मेरो मुटुको धड्कन तेज भयो, कता कता हलचल, तरंगित भए।
मेरा छाती उस्को शरीरमा टासिंएको थियो मेरो कान उस्को धड्कन सुनिरहेको थियो। म मुट्मै जोडिएकी थिए ।मैले धेरै बेर पछि हटाउने प्रयास गरे केहि बोल्न खोजे ।उस्ले केही नबोल बस एकछिन यतिकै बस बन्यो।म उस्को आलिङ्गन मा चुपचाप बसिरहे।
हुन त म प्रेमको परिभाषा आफुलाई बेला बेला दिन्थे
यो आकर्षण हो कि प्रेम हो खासै बुझ्न भने सकिन ।अहिले मलाई सत्य के होरु वा परिभाषा के हो भनी सोच्नु पनि थिएन।
निकै बेर पछि प्रेमको हात मेरो संबेदनसिल अंग तिर जान लागे मैले महशुस गरे झटपट हात हटाएर म अलि पर सरे।
प्रेमलाई म औधिक प्रेम गर्छु यस्को मतलब यो होईन उ मेरो अस्मिता मा हात हालोस।
मलाई डर लाग्यो त्यो सुन्सान जंगल भित्र उस्का त्यस्तो हर्कत देखेर म उस्ले जाउँ भन्न साथ लुरुलुरु यस्को लागी पछि लागेर आएकी बिल्कुल होईन ।

प्रयास रुँदै थियो ।मैले नजीक गएर सोध्न सकिन र आँसु पुस्न पनि सकिन, माथिबाट लास जलिरहेको दृश्य देखिन्थ्यो।

उस्ले लास तिर फर्केर हेर्दै भन्यो ।
म एक लास भएको छु बिन्दा।
मैले केही बुझिन ।
प्रयासले किन त्यस्तो भन्यो ?
मलाई मीठो लागेको उस्को स्पर्श त्यो बेला ज्यादै नमिठो लागेको थियो।
परै बाट सोधे १ के भनेको यो ?
अनि अधि के गर्न खोजेको ?
म अलि रिसाएरै भने।

प्रयास म तिर फर्केर बोल्यो
उस्को कुनै ठूलो परिवारको छोरी सँग सम्बन्ध रहेछ उनिहरु बिच शारीरिक सम्बन्ध सम्म भएको अहिले आएर त्यो केटीले अर्को सँग बिहे गर्दै छे रे त्यो पनि आजै, त्यो हेर्न नसकेर उ काठमाडौ आएको रे।
मैले मेरा मनका भाव भनेकै कारण मेरो पीडाको महशुस भयो रे अनि भेट्न आएको रे।
सुन्दै गए अर्की एक युवती सँग पहिलो युवतीलाई भुलाउन सम्बन्धमा बसेको छ रे।तर त्यो पहिलो प्रेम जो सँग उस्ले कल्पना गरेको थियो सब चकनाचुर भयो रे।
धनी बाउ कि एक्लि छोरी , मलाई केही गर्नु पर्दैन थियो।
उस्का लालच र वास्नाले भरिएका शब्दहरु थोपा थोपा भएर चुहिदै थिए मेरा सामु।
अधि सम्म पबित्र लागेको उस्को स्पर्श मलाई घृणा र दुरगन्धमय भयो।
उस्का बिकार र बिचार म भन्दा धेरै फरक छ ।
यो मेरो आभास होईन मेरो प्रेम यो होईन ।
म खाली र बिल्कुल एक्लो हुँदै थिए ।
उस्ले भन्दै गयो मैले सुन्दैगए
उ भित्रको लोभ, मोह, डाह , ईर्शा , वास्ना, बिकार सब प्रष्ट देखिदैथिए।
मेरो हात समातेर भन्यो त्यो राम्री त पटक्कै थिईन, तिम्रो अधि अब म त्यस्लाई देखाउछु तिमीलाई लगेर।
उस्ले भन्यो म बिहे गर्छु तिमीलाई।म केही बोल्न सकिन ।
के बोल्ने रु कसो गर्ने मलाई त्यो बेला होसनै भएन ।
मैले मेरो खुट्टाको घाउ दुखेको निहुँ पारेर रुन थाले
मलाई उस्का कुराले दुखाएका थिए म आफू मै थिईन त्यो बेला ।
पलभर मै म भन्दा मुनीको जमिन हराएको थियो। आकस म माथी बज्रेको थियो,
हावा उल्टो पुल्टो दिशामा घुम्दै थिए।
मेरो मनमा भएको छवि मैलीयो मभबच प्रेम
त्यो प्रयासको छवी थियो प्रेमको होईन।


अब मलाई बुझ्नु र सम्झिनु पर्ने केही बाँकी थिएन उ प्रतिको मेरो आभास फितलो र घिन लाग्दो भैसकेको थियो।अब मलाई घर कति बेला पुग्छु र कसरी पुँगु भन्ने भएको थियोरुअधि सम्म उ सँगै जिउने र सँगै मर्ने सपना बुनेकी मेले उ सँग मेरो अमुल्य जिवनको तुलना सम्म गर्न सकि राखेको थिईन।

जिवनमा सम्झनाका तरंगहरु मात्र हुँदैनन, एउटा कथामा ब्यथाको
शृङ्खला पनि हुन्छ र त्यस बेला आफुले बेहोर्नु परेको समाज अर्थात् आफ्नो वरिपरिको प्राकृति , संस्कृति , सङ्क्षिप्त ईतिहास,उल्लास,आफ्ना उकुसमुकुसहरु र बैचारिक निष्कर्षहरु पनि हुन्छन् ।
ठेसलागेका ह्र्दयले जिवनका अनुभव र अनुभुति हरुको नेतृत्व गर्दछ्न सायद यो हृदयलाई महासागर त्यसै भनिएको होईन।
यस्ले बाढी, पैरो, खोट , चोट सब बोकेर मजासित यात्रा गरिरह्न्छ र यस्को स्वाभाविक प्रवाहमा बग्दै बग्दै कुन किनारमा अबतरित हुन्छ।

म हजारौं वाहाना बनाएर त्यहाँबाट निस्केर घर पुग्छु।
अब म रुने हो कि हाँस्ने रुरुने चै किन अनि फेरि हाँस्ने कारण खोज्छु।गलत हुन बाट बचें।।।।। उफ।।।
लामो स्वास फेर्छु ।बाथरुममा गएर मुख धुन्छु ।।। म ठूलो स्वर निकालेर बोल्न चहान्छु म मुखमा रुमाल कोचेर चिच्याउन थाल्छु ।घरमा सबै छ्न सुन्ने गरि म रुन कराउन पनि त सक्दिन।

म कोहि सँग केही भन्न सक्ने अबस्थामा छैन।भनु भने पनि त म सँग कुनै शब्द पनि त छैन।
घरमा बेला बेला प्रयासले कल गर्थो म उठाउदिन थिए ।मलाई उठाउनु नै छैन अनि बोल्नु पनि त छैन।
म अपबादको कुनै चिज वा खेलौना होईन ।
म एक्लो वा खाली छु तर म फजुल पनि होईन ।

हिजोआज म भर्खर सोचेको कुरा पनि बिर्सेर त्यस्लाई सम्झन टोलाएको हुन्छु।बादलमा हराएर चन्द्रमालाई खेजे झै ।कहिले आफ्नु सफल जीवन बनाउनका लागि नयाँ कार्यक्रम बनाउने चिन्तामा अलमलिन्छु र मन मनै कता( कता खलबलिन्छु।
मैले कल्पनामा रोपेका मकैंका घोगाहरु,धान र गहुँका बालाहरु हावामा निस्किनै सकेनन बढ्नै सकेनन।मरो बिस्वास्को घिरौला , आसाको काक्रो , रहरका करेला अनि प्रेमको बीउ माटोमै गडिरह्यो उम्रनै सकेन।

मलाई मात्रै प्रेमको चिन्ता थियो मेरो प्रेम अर्थात मेरो बिश्वास मेरो ईस्वर । मेरो प्रेम ब्याक्ती विशेष थिएन।मैले बुझेको महसुश र खोजेको त्यो भित्री मनको प्रेम रतिराग बिल्कुल थिएन।त्यो प्रयास पनि थिएन ।अझ प्रयास त कुनै हालत मै थिएन ।त्यो मेरो भुल थियो , भ्रान्ती थियो, झुट अनी नमिठो सपना मात्रै थियो।

उस्का याद बरु उस्लाई नभेट्दै थिए जुन मैले यादमै कैद गरेको थिए ।
यसरी ।

म यति धेरै यादहरु सजाएर
यादै यादको महलभित्र
महलपती भएकी छु माया
यी यादहरुको न सकिने म्याद छ
नबिर्साउन सक्ने कुनै यन्त्र
तिमी बेखबर मेरो यादको कैदी भएकै बेला
तिम्रो न्यानो पनको आभास लुट्छु
त्यो मीठो अतीत सँगै अंगालिएर हराउछु तिम्रै ूयादमाू
तिम्रा हरेक खबर सुन्न आतुर मेरा मन मस्तिष्कले
खै कस्तो ूयादू कैद गर्दैछ्न ,न मेटिने ईरेजर भेटे न डिलिट गर्ने याप्स
तिमी मलाई न यादको घेरामा राख्छु न सम्झनाको घरमा
तिमी मलाई तिम्रो याद बिहिन कंकाल कैले नसम्झनु यो बुझ कि
तिमी बेखर छौ तर तिमी मेरो यादहरुको महलमा बिराजमान छौ।
तर तिम्रो आलिसान तिमी स्वयम् देख्दैनौ,
तिमी हिडिरहेका छौ मेरो हृदयको चौकोस भरी
तर तिम्रा ती नयनले यी केही देख्दैन्न र सक्दैन्न पनि
बिडम्बना११ भनु ूतिमी ूवाू म ूको अभागी हौरुरु
मेरा मर्मका घाउ दुख्छ तिम्रो यादमा
आँखा मेरा हुन तर आँसु झर्छ तिम्रो लागि
मन त मेरो हो मुटु धड्कन्छ तिम्रो नामको
अनि यी दिल दिमागमा मात्रै याद तिम्रो
सुन१
मैले कल्पेको तारा तिमी माथी छ
मैले रोजेको जुन पनि तिमी माथी नै छ
सके त केवल तारा रुपि फुल कल्पन
अनि निहाली रहे जुन रुपि त्यो मुहार
आज खण्डित भएर तिम्रो यादमा जिउदाँ
न फ्याँक्नु मेरा याद मै तिर फर्केर जा भन्दै
ती याद तिम्रा मुटुका कुनामा कैद छ्न
तिमी बेवास्ता गर्दैछौं तिमी भाग्दै छौ
तर म पनि त्यो हृदयमा एक याद भएरै लुकेकी छु
कुर,पर्ख कुनै दिन तिमी एक्लै टोलाएको बेला
अनि म जस्तै गरि भुमरीमा परेका बेला ती यादहरुले
सान्त्वना दिन आउनेछ्न न सताउनेछ्न
मेरा यादहरु बोल्न जान्दैनन् ती चुपचाप समेटिनेछ्न तिमी भित्र
हो१ बेखर तिमी आज नयाँ पन्छि भेटेर मित्रता बडाउदै उडान भर्दैछौ
याद रहोस त्यो पनि पुरानो हुनेछ एक दिन म जस्तै पुरानो
अनि
आज मुक्तिका लागि लाचार सम्म हुन नसकेका मेरा यादहरुले
बिन्ती भाउ गर्न आउने छैनन् ।
किनकी त्यो बेला सम्म त मलाई पनि तिमी बिना र तिम्रो याद बिना बाच्ने आदत भैसकेको हुनेछ।
तिम्रा याद केवल याद मात्रै हुने छ न कुनै दर्द न कुनै आशाका किरण
तब
यादका महल गर्लाम्मै ढल्दै गर्दा नभन्नु म बद्लिएछुरुरु
तिमिले त बिर्सनेछौ नि याद मै नभएकी म कुन बेला तिम्रो याद बाट हराएछु १
अब त खबर सुन्ने रहर पनि मरिसकेको छ तिम्रो सहरको माया
यी खबरै खबरको जहर पिउदै आज तिम्रो यादमा लडेकी छु
न आउनु कैले पनि न आउनु अब आद्त बिगृन्छ फेरि मेरो
तिम्रो लत भयावह छ त्यो नसा बाट छुट्न याद छुट्नु पर्छ र याद छुट्न म मर्नु पर्छ।र म अब यहि यादकै कारणले मर्न चहान्न ।सुन बुझ अनि महशुस गर तर याद नगर किन कि अहिले सम्म याद गर्न त म छदैछु नि।। ।
अब याद पनि गर्नु छैन मलाई ।तिमीलाई भन्नू पनि केही छैन।
बस भलो होस तिम्रो।

प्रतिक्रिया

खबर सबै