
टिप्परको ठक्करवाट छोरीको मृत्यु, बाबु गम्भीर घाइते

टिप्परकाे ठक्करबाट साईकलमा सवार एक युवतीकाे ज्यान गएकाे छ । त्यसैगरी साेहि घटनामा अन्य एकजना गम्भीर घाइते भएका छन।दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा छोरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनाका मृतक र गम्भीर घाइते बाबु छाेरी हुन । प्रहरीका अनुसार मृतक दाङको गढवा गाउँपालिका वडा नं. १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमाल हुन ।उनका बाबु ५७ बर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते अवस्थामा लमहिमा उपचार भई रहेको छ ।घाइते जमुनाको उपचारका लागि लमही तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भयाे अर्का घाइतेको लमहिमा उपचार भई रहेको छ ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरिक्षक नन्द पोखरेलले भने ।
प्रहरीका अनुसार दिउँसो करिव पौने १ बजेतिर पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्वरको टिप्परले साईकलमा पश्चिम भालुवाङ तर्फ जांदै गरेका बाबु छोरीलाई ठक्कर दिएको थियो।घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत भालुवाङ बजारदेखि एक किलोमिटर जति पूर्व अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ मा भएको ट्राफिक प्रहरी पोखरेलले बताए । घटनावारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया