प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुका खनाल नियुक्त

कपिलवस्तु । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल नियुक्त भएका छन् । प्रदेश सरकारले खनाललाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको छ । भदौ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको हो ।

शुक्रबार खनालले प्रदेश योजना आयोगको सदस्य पदका लागि सपथ लिएको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए । कपिलवस्तुका खनाल विभिन्न संघसंस्थामा आवद्ध हुनुका साथै दशकौंदेखि सामाजिक विकासमा सक्रिय छन् । उनले तीनवटा विषयमा स्नातकोत्तर गरेका छन् । खनाल्ले कपिलवस्तु लगत प्रदेशका एक दर्जन वढी संघ संस्थाको नेतृत्व गरेका छन् ।

मुख्यमन्त्री अध्यक्ष रहने उक्त समितिमा उनी सदस्य बनेका हुन ।

प्रतिक्रिया

खबर सबै