

दीप मिलनका तीन गजल



दीप मिलन ।
कार्वाही भोग्ने तल्लाहरू छन्।
हर चेतनामा पल्लाहरू छन् ।
हल्लाहरूको विज्ञप्ति पढ्नुस्,
दुनियाँ जिते झैँ हल्लाहरू छन् ।
सिक्ने जमर्को गर्दैछ माऊ,
सबथोक सिके झैँ चल्लाहरू छन्।
रक्षा मुलुकको गर्नेछ कसलेरु
गल्लीहरूमा गल्लाहरू छन्।
सुध्रेन कैल्यै हाम्रो अवस्था,
साथी सदनमा झल्लाहरू छन्
खुट्टाहरूमा के चाह रैछ ?
छातीमा घरको माया हदैछ।
सायद भुले ती पाखाहरूले,
मनमा उसैको तस्बिर अझै छ।
यो भोको पेटले आहार पायो,
प्यासी अधरको तिर्खा छँदैछ।
देला खुशीको आशा विदेशले,
घर जस्तो प्यारो विदेश कतै छ?
रित्तो जीवनको रित्तै छ यात्रा,
यो लाहुरेको सब चिज घरै छ।
यी काँचका साथी घनहरू छन्।
दुश्मन नलाग्ने दुश्मनहरू छन् ।
यौवन निरर्थक जाँदैन बन्दै।
हाँसो फुलेका बचपनहरू छन्,
यो मित्रताको होला समर्पण,
तरबार बोक्ने गर्धनहरू छन्।
भेट्नेछु छिट्टै गन्तव्य मैले,
हर पाइलामा अड्चनहरू छन् ।
लोभी नजरको होला असर यो,
बेग्लै अधरमा कम्पनहरू छन्।
दुख्दैन छाती मेरो त अहिले,
काँडाहरूका चुम्बनहरू छन्।।
यी गजल लेखकद्धारा २०८० असोज १ मा प्रकाशित हुन ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया