

बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण



ई–साझाकुरा, कार्तिक २
बाणगंगा नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाईरसको शंका लागेर नीजि स्तरबाट स्वाब जाँच गराएका मध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार २ जना वित्तिय संस्थामा काम गर्ने कर्मचारी र चार नम्बर जितपुरमा रहेको बैँक प्रमुख १ जना रहेका छन् ।
वडा नम्बर २ का ३७ र ३४ बर्षिय पुरुष १ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी महिलामा कोरोना संक्रमण पृष्टि भएको हो ।









प्रतिक्रिया