

चित्तलको मासुसहित एक जना पक्राउ




बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट मासुसहित पक्राउ गरेको हो ।
नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर लैजाँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरेको डाँगीले बताउनुभयो ।
उहाँले अटोको डिक्कीमा लुकाइछिपाई नेपालगन्ज लैजाँदै गरेको अवस्थामा राप्तीसोनारी –६ का अटोचालक हरि परियारलाई मासुसहित पक्राउ गरेर सो बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया