
चित्तलको मासुसहित एक जना पक्राउ



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट मासुसहित पक्राउ गरेको हो ।
नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर लैजाँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरेको डाँगीले बताउनुभयो ।
उहाँले अटोको डिक्कीमा लुकाइछिपाई नेपालगन्ज लैजाँदै गरेको अवस्थामा राप्तीसोनारी –६ का अटोचालक हरि परियारलाई मासुसहित पक्राउ गरेर सो बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ ।


प्रतिक्रिया