

विन्दाको प्रेम (अध्याय २)





बिन्दा खतिवडा । प्रतिक्षाको घडी सकिएको थियो र प्रेमको सुरुवात थियो । मुटुको धड्कन तेज चल्यो । स्वास लामो लमो फेर्दैछु । कोही आसपास मा छ, कोहि त खास छ । फाल्गुन महिनाको होलीमा रङ खेलिदै थियो, मलाई खासै होली खेल्न त मन पर्दैन थियो । अझ पानीको होली त बिल्कुलै मनले मनै पराउँदैन थियो । तर हुनलाई के थियो र म घरको आगन सम्म पुगेकै थिइन । मेरा साथी, बहिनीहरु दौडेर रङ्ग पोत्न थाले । मानौ आगनमा रातो माटोले पोतेको हो । म रिसाएर अर्को तर्फ फर्किएँ, मेरो मुहार पुरै रातो पहेलो अन्य रंगले छोपिएको थियो । म आँखा भरि आशु झारेर भित्र जानै लागेको थिएँ । एउटा आवाज आयो । हेपि होलि बिन्दा, म फरक्क फर्केर हेरेँ । चिन्न त चिनिन तर उ लक्का जवान एक युवक थियो । ठाटिएर आएको अग्ला,े मिलेको जिम गरेको जस्तो शरिर , हेर्दा खाईलाग्दो , मुसुक्क हाँसेर म तिर फेरि हेर्यो, म नि लगाउ रङ्ग । उस्को मिलेका दन्त लहर मानौं जुनि जुनि देखि यो मुहार देख्दै अएकी छु । म उसमै हराएँ । के के भन्दै थियो, ओठ चलेको त हेरिरहेँ, के के बोल्यो सुन्न चै केहि सुनिन । कोहि पछाडिबाट लोला हान्दै भाग्दै म तिर ठोकिन्छ्न । म झल्यास बिउझिन्छु अहो! मेरो अघि तिर त्यहि सुन्दर युवक थियो । ल तिमीलाई मन नपरे लगाउदिन भनेर उ फर्किन लाग्यो । मैले हत्तपत भने होइन लगाईदिनुस् न मलाई होलि अति मन पर्छ । उसले गालामा निलो र गुलाफी रङ्ग लगाईदियो । उस्को हातमा भएको रंग झिकी मैले पनि लगाईदिएँ ।
अहो! उसको स्पर्श मेरा लागि बिल्कुल खास थियो । अघि सम्म मन नपर्ने होली मेरो सबैभन्दा मन पर्ने चाड भै हाल्यो । मेरा साथी चकित भए मेरा कुरा सुनेर । ठुला ठुला आँखा र अच्चमित मुहार थिए तिनिहरुको मुखमा । तर सब मौन थिए । कुन बेला त्यो सुन्दर युवक जाला र भनौं बन्ने प्रतिक्षामा थिए। म लल्याकलुलुक पर्दै थिएँ । उसका सामु बसौन भन्ने आट पनि आएन । अरु सित होलि खेल्न थाल्यो उ । म जलनले मर्दै थिएँ, मनौ कि उ मेरो थियो, म उसको । हो मेरो कल्पनाको प्रेम सायद उहि थियो सपना आज बिपना भएर मेरा सामु थियो । म मेरा गाला छुदै उसका स्पर्श पाउने अर्को आसमा पसिनाले नै निथ्रुक्क हुँदै थिए, उसको सपिममा नजानिदो पाराले छुँदै म पनि होलि खेल्न तर्फ लागे ।
अब मेरो लागि भनेरै आए जस्तो भो त्यो होली पनि । मैले त्यो मान्छे को हो भनेर कसैलाई सोध्ने आँट नै गर्न सकिन । होलि उप्रान्त उ गायब नै भयो । कतै अन्तरध्यान नै भए झै कता बाट प्रकट भयो ? अनि कता हरायो पत्तै भएन तर म सित उसको आभास थियो । त्यो स्पर्श थियो । उसको हसिलो मुहार मेरा नयन वरपर घुमिरहेको थियो । म दुखि अनिअलि व्याकुल थिए । नुहाएर ऐना हेर्दै, के थिए झट्ट याद आयो । अहो! उसलाई त मेरो मुहार कस्तो छ थाहै छैन होला । न गाजल लगाएको थिएँ, न किरिम, म आफैं सित भन्दै थिएँ । ति मोरिहरुले रङ्ग दलेर गर्नु गरे । मेरो याद उसलाई आयो भने के सम्झिदो होला ? मलाई मेरो मुहारबाट ननिख्रेको रङ्गको चिन्ता भन्दा पनि उसको नजरियामा मेरो मुहार कस्तो थियो होला भन्ने चिन्ताले सतायो ।
उफ ! फेरि ऐना तर्फ हेर्दै मुहार पुछ्दै आफु खुब राम्री भएकी छु , एक्लै गफ गर्दै भोली पर्सि भेट हुँदा खुब राम्री भएर जान्छु । मेरा मन अनि मस्तकमा मानौं अब उसकै राज्य चल्दैछ , उ कृष्ण झै सारथी छ, म अर्जुन झै आदेस मान्दैछु ।
कैले म तिमी सँग सागरको मोति कल्पदैछु, कैले आकास हेर्दै जुनको ज्योति कल्पदैछु। हरे, कुरा पनि के के आको हो के के ? मलाई स–साना नानि बाबुहरुलाई पढाउने हतारो थियो । भोलि के शिर्शक छ, हेर्नु पर्ने भएकाले म कल्पनाको धरातलबाट तैरने प्रयास मा छु। फेरि एकपट्क पुनः ऐना हेर्दै म आफैंलाई टाटा भन्दै ति छिनेका कम्मर मरक्क मर्काउछु । आफुलाई हत्केलाले चुम्बन गरि जिब्रो देखाई निक्किन्छु । फेरि अलि पर पुग्छु । मलाई जिस्किन पुगेकै थिएन दर्पण सित म फेरि हेर्छु अनि आखाँ झिम्काएर, नागबेलि चाल दिदै हिड्छु । यसो किताब मात्रै के समातेको थिएँ आमाले ठुलो स्वरमा भात खान आईजो भन्नु भयो। रात परिसकेको रहेछ ।
एक्लै टोलाएर बस्दा जब जुन देखे रात रहेछ था भो,
उस्को यादमा आफु भुल्नु नसा वा मात रहेछ था भो
दिल भित्र पसेर दिलै खालि गरि दिने त्यो मान्छे
बुझ्नै नसकिने प्रेमिल मन चोर्ने जात रहेछ था भो।।
मैले आए आमा भनेर आवाज फर्काएँ ।
हुन त ति आभास मलाई नौलो भने बिल्कुल होईन । हिजो दिनमा पनि ति आभासले मलाई पछाई रहेकै थिए, कतै भावुक शब्दबाट शुरूवात भएको मेरो प्रेम कथा भुक्तसोख मा बिलिन हुन पुग्छ कि ? कथा के थियो र प्रेमी को थिए यी आफैं प्रेम पात्र बोल्नेछ । हरेक स्थान र पात्रले प्रेमको कुनै मुर्तरुप लिन खोज्दछ तर बास्तबिकता अलि फरक छ।
प्रेम को थियो ? के थियो अनि कसको लागि थियो ?
प्रेमी को थिए ?
जिज्ञासामा उर्लिएको ती प्रश्नको उत्तर सायद पारखिले भेट्नु हुन्छ यो पुस्तक पढेर यहाँ प्रेम के कसरि र को भन्दा पनि प्रेम शब्दलाई जिवित कसरि राखिएको छ बुझ्नुस ।
म अनि मेरो प्रेम ।
मात्रै १२ बर्षकि भखर मात्रै महिनावारि शुरु भएको थियो । घरमा लुकाएर राख्ने चलन भएर होला घरको तल्लो तल्लामा लुकाईएरै राखिएको थियो मलाई । बिद्यालय खुलेको थियो । अन्तिम ५ कक्षाको परिक्षा चल्दै थियो । अभिभावक दिवसको पनि तयारी हुँदै थियो। म नाँच्न, गाउन र बोल्न खप्पिस थिएँ । त्यसैले कविता बाँचन र नृत्य नाटकमा मलाई राखिएको थियो।
म दंग थिएँ तर महिनाबारिको समयमा रगतको खोला नै बगिरहेकाले मलाई धेरै नै गाह्रो र अफ्ट्यारो भै राखेको थियो। मेरो अंग परिवर्तन र मेरो मन मस्तिष्कमा केही नयाँ आयाम नै थिए । सायद म जवान हुँदैछु र त झनक्क रिस उठ्ने र जे देख्दा नि हाँसो लाग्ने समय भएर होला म पनि त्यस्तै थिएँ ।
बिद्यार्थी धेरै र अरुणिमा बिधालय टाढा भएकै कारण सायद बुवाले बिद्यालय फेरिदिने निर्णय गर्नु भयो । म पनि नयाँ ठाउँ नयाँ पन संगै आफ्ना मनमा नयाँ उत्साह बोकेर नयाँ ईट्पोल बिद्यालय तिर आएँ ।
अब त झन टिन एज रे । थर्टिन अर्थात १३ बर्ष कि, जे देख्यो जो देख्यो दंग र उमंग हुने समय । आसक्त र मोहित हुने बेला ।
आज नयाँ दिन नयाँ ठाउँ, अपरिचित ब्याक्तीहरु माझँ कोहि एक थियो परिचित मुहार बिलकुल सपनाको राजकुमार ।
“मन मस्तिष्कमा तरंग छाए झै आफ्ना हृदय भित्र कोहि एकको तस्वीर जन्म जन्म देखि राखेकी झैं । उ देख्न साथ मुटुको धड्कन तेज हुन थाले ।
के थियो र त्यो म डराएर बसेकी त होईन कतै ? किन यसरी मुटु तेज चलिरहेछ । अशान्त र खुल्दुली सायद, दिल दिए पछि पाईने रोग थियो त्यो।
मैले रोग कमाउदै थिए, भोक नलाग्ने निन्द्रा नलाग्ने , पढ्नै मन नलाग्ने यो कस्तो रोग लागेको थियो मलाई ।
अजान त्यो“ प्रेम“ शब्द बाट । साथिले भनी ओई तँलाई त प्रेम रोग लाग्यो कि क्या हो? प्रकृति को नियम त हो नि आखिर उमेर भए पछि प्रेम हुनु अनि बिबाह हुनु। तर म त सानै पो छु त कसरी किन को सँग पर्न सक्छ र प्रेम । हाँसेरै उडाईदिए मैले।
“तर सुस्त सुस्त मेरो करिबमा कोहि त थियो आउँदै गरेको । मेरो सपनिमा मेरा समिपमा मलाई काउकुती लगाएर उ चल्दै थियो।“
तर को ? यो पहिलो आभास थियो हुन त प्रत्येक चोटि छुटा छुटै आभस हुने यो मन लाई यस अधि र पछि का आभास सबै पहिलो झै लाग्छ्न , किन कि मलाई सबै आभास नयाँ नै त राख्नु थियो ।
यो पनि पढ्नुहोस


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया