

कपिलवस्तुबाट तीन लाख बढीका अवैध सामान बरामद




कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाट अवैध रुपमा भित्रिएको अन्दाजी ३ लाख ६० हजार मूल्यको अण्डरवेयर बरामद भएको छ ।
नगरपालिकाको वडा ५ कन्चनियाबाट शनिवार राति ९ बजे पुरुषले प्रयोग गर्ने २ हजार ४ सय थान कट्टुसहित एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बा ४ प १५२३ नम्बरको डबल क्याप भ्यानमा भन्सार नगरी ती वस्तु भित्राइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनुभयो ।
इप्रका कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको टोलीले सवारी चलाउने काठमाडौँ महानगरपालिका –२ बस्ने वर्ष २३ को अनुप पन्तलाई नियन्त्रणमा लिएको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया