

करेन्ट लागेर कपिलवस्तुमा ६ वर्षीय बालिकाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक ६ वर्षीय बालिकाको ज्यान गएको छ । जिल्लाको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ति बालिकाको मृत्यु भएको हो ।
विजयनगर गाउँपालिकाको वडा नम्बर २ जरलैया बस्ने चाँद अली भाँटको ६ वर्षीय छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो १ बजेको समयमा घरको नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट प्रवाह हुँदा साहिनाको मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर साहिनाको हजुरआमा ४८ वर्षिय अन्जुम भाँट घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा अन्जुम घाइते भएको र उनको अवस्था सामान्य रहेको वडा अध्यक्ष नेपाल चौधरीले जानकारी दिनु भयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया