

लुम्बिनीमा सवारी दुर्घटना : ४ वर्षमा झण्डै २ हजारले ज्यान गुमाए



बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षको अवधिमा सवारी दुर्घटनाबाट एक हजार ९ सय ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६र०७७ देखि २०७९र०८० सम्ममा प्रदेशका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका थिए ।
अधिकांश दुर्घटनाको कारण भने तीव्र गति नै रहेको देखिएको छ । त्यस्तै चालकको लापर्बाही, कमजोर सडक, धेरै भारवहन, पुराना सवारी र यात्रुमा भएको ट्राफिक अज्ञानतालाई पनि दुर्घटनाको कारणका रुपमा देखाइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ४ सय ८४ जनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७र७८ मा ५ सय २७, २०७८र७९ मा ५ सय ५१ जना तथा आर्थिक वर्ष २०७९र०८० मा ३ सय ४३ जनाको मृत्यु भएको तथ्यांक छ ।
सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि गत आर्थिक वर्षमा भने तुलनात्मक रुपमा कम भएका थिए । सडक संजाल राम्रो बनाएर दुर्घटनाविरुद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुनसक्ने मन्त्रालयका उपसचिव यमबहादुर कुंवरले बताए ।
ईकान्तिपुरबाट ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया