

लुम्बिनीमा सवारी दुर्घटना : ४ वर्षमा झण्डै २ हजारले ज्यान गुमाए


बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षको अवधिमा सवारी दुर्घटनाबाट एक हजार ९ सय ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६र०७७ देखि २०७९र०८० सम्ममा प्रदेशका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका थिए ।
अधिकांश दुर्घटनाको कारण भने तीव्र गति नै रहेको देखिएको छ । त्यस्तै चालकको लापर्बाही, कमजोर सडक, धेरै भारवहन, पुराना सवारी र यात्रुमा भएको ट्राफिक अज्ञानतालाई पनि दुर्घटनाको कारणका रुपमा देखाइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ४ सय ८४ जनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७र७८ मा ५ सय २७, २०७८र७९ मा ५ सय ५१ जना तथा आर्थिक वर्ष २०७९र०८० मा ३ सय ४३ जनाको मृत्यु भएको तथ्यांक छ ।
सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि गत आर्थिक वर्षमा भने तुलनात्मक रुपमा कम भएका थिए । सडक संजाल राम्रो बनाएर दुर्घटनाविरुद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुनसक्ने मन्त्रालयका उपसचिव यमबहादुर कुंवरले बताए ।
ईकान्तिपुरबाट ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया