

अनुदानको रासायनिक मल सुसुरालीमा लुकाउने अध्यक्ष बिरुद्ध अपचलन मुद्दा



कपिलवस्तु । कृषि सामाग्री कम्पनी लिमिटेट तौलिहवा शाखाबाट सहुलियतको मल लगेर ससुराली लुकाउने शुद्धोदन गाउपालिका ३ ओम कृषि सहकारीका अध्यक्ष भागीरथी यादव बिरुद्ध प्रहरीले अपचलन मुद्धा दर्ता गरी कार्वाही थलेको छ ।
सहकारीका अध्यक्ष यादवले केही दिन अघि सरकारी अनुदानको रासायनिक मल डिएपी र युरिया मल आफ्नो ससुरालीमा लगि भण्डारण गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । यादवलाई पक्राउ गरी अपचलन सम्बन्धी मुद्दा लगाएर प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसंधान अघि बाढइएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले जानकारी दिनुभयो ।
उनले कृषि सामाग्री कम्पनी लिमिटेडबाट साढे २९ क्युन्टल डिएपी र १४ क्युन्टल युरिया खरिद गरी लगेका थिए । किनेको मल उनले सोही गाउपालिका वडा नम्बर ६ स्थित आफनै ससुराली बनारसी यादवको घरका पुर्याएका थिए ।
उनले बढी पैसा लिएर सो मल मध्ये केही बोरा डिलर र अन्य मानिसहरुलाई बिक्रि समेत गरे । कृषकहरुले यो कुरा थाहा पाए पछि गाउभरी हल्ला चल्यो । सामाजिक संजालमा समेत यो कुरा बाहिर आयो । त्यस पछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद गर्यो । प्रहरी पुग्नु अघि नै उनले ३२ बोरा मल भने बेची सकेको बताइएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया