संसारकै अग्लो बुद्धमूर्ति कपिलवस्तुमा बनाइने, के छ तयारी ?

लुम्बिनी । भगवान गौतम बुद्धले २९ वर्ष विताएको कपिलवस्तुमा विश्वकै अग्लो बुद्धमुर्ति बनाउने बारे छलफल भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकामा उक्त बुद्धमुर्ति बनाउने अवधारणामाथि छलफल भएको हो ।

अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरले केही दिन अघि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बुद्धमुर्ति पार्क संग्रालयसहित तयार गुरुयोजनाको प्रारम्भीक अवधारणा प्रस्तुत गरिएको थियो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले सो छलफलको आयोजना गरेको हो ।

नेपालको तर्फबाट जग्गा प्राप्तीको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ वर्षमा २४५ मिटर अग्लो बुद्धमुर्ति सहितको पार्क बन्ने कार्ययोजना तय गरिएको स्टेवर्डले बताएका छन् । बुद्धले २९ बर्ष बिताएको कपिलवस्तुमा संसारकै अग्लो बुद्धमूर्ती निर्माणले विश्वमा नयाँ किर्तीमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालको भनाई थियो । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र हैन बुद्धको संसारकै अग्लो बुद्धमुर्तिले पनि चिनिने बताए ।

कार्यक्रम चिनियाँ मास्टर से डे युन को पनि उपस्थिती थियो । उनले उक्त परियोजनाका लागि श्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनि मलेशीया र टिआईडिए कन्सट्रक्सन चाइना विच कार्यसंझौता पनि गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुका प्रदेससभा सदस्य तथा पुर्व मन्त्री बिष्णु पन्थीले संसारकै अग्लो बुद्धमूर्ति बनाउने योजनाबारे पहिलो चरणको ड्राफ्ट तयार भएको र त्यसको अध्ययन पश्चात निर्माणको प्रक्रिया अगाडी बढ्ने बताए । उनले लुम्बिनी विकास कोष सहित कपिलवस्तु नगरपालिकासँग समेत यस विषयमा छलफल पटक पटक भइरहेको भन्दै बुद्धमूर्ति सहितको पार्कल कपिलवस्तुमा पर्यटकको आवागमन र बुद्ध स्थल तिलौराकोटको थप विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेस कुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भटराई, योजना प्रमुख सरोज भटराई, कपिलवस्तु नगरप्रमुख सुदीप पौडेल लगायतको समेत उक्त कार्यक्रममा उपस्थिती थियो ।

प्रतिक्रिया

खबर सबै