

भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित, यौनजन्य दुर्व्यवहार गरेको आरोप



बुटवल। महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा अवस्थित मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीले मन्दिरमा दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोपमा निलम्बनमा परेका हुन्।
पुजारी योगीले महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले निलम्बन गरेको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । समितिका अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।
मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिँदा संवेदनशील अंगमा हात पुर्याएर दुर्व्यवहार गरेको योगीमाथि आरोप छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया