

भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित, यौनजन्य दुर्व्यवहार गरेको आरोप


बुटवल। महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा अवस्थित मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीले मन्दिरमा दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोपमा निलम्बनमा परेका हुन्।
पुजारी योगीले महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले निलम्बन गरेको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । समितिका अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।
मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिँदा संवेदनशील अंगमा हात पुर्याएर दुर्व्यवहार गरेको योगीमाथि आरोप छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया