

लुम्बिनीमा बजेटमाथि छलफल हुन सकेन, प्रदेशसभा बैठक स्थगित





कपिलवस्तु । लुम्बिनी प्रदेशसभामा बजेट छलफलका लागि बोलाइएको बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्न भोलि(आइतबार)का लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको हो ।
भूगोल र जनसंख्याका आधारमा समान बजेट आउनु साटो मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी मनकेन्द्रित बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध भएपछि प्रदेशसभा बैठक सारिएको हो । सत्तापक्षीय धेरै सांसदले नै बजेट पूर्णरुपमा सच्चाएरमात्रै पारित गर्न सरकारसमक्ष माग गरेका छन् ।
लुम्बिनीमा मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरी छन् भने अर्थमन्त्री माओवादी केन्द्रका धनबहादुर मास्के छन् । आइतबार बोलाइएको प्रदेशसभा बैठक असार १३ गते बुधबारका लागि सारिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जनाए ।
सत्ता पक्षमा रहेका माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले बजेट संशोधनका लागि सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्वता र गौरजिम्मेवारीपूर्ण व्यवहार भएको बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया