

लागुऔषध ब्राउनसुगरसहित लुम्बिनीका २ जिल्लाबाट ४ जना पक्राउ




कपिलवस्तु । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जना प्रहरीको नियन्णमा परेका छन् भने बर्दिया कै गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ५० मिलिग्रामसहित एक किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै यता रुपन्देहीको सियारी गाउँपालिका–४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई पनि प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
मल्लाहको साथबाट प्रहरीले २ ग्राम १ सय ७९ मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।


खबर सबै
-
तीन दिन ९ वटा जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू : मौसम विभाग
-
नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रियो
-
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
-
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
-
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
-
कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई
-
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
-
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
-
कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई
-
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिदै
-
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
-
१३ वर्ष देखि राेकिएकाे वीरगन्जको सडक विस्तार सुरु, बिहानैबाट घरटहरा भत्काउन थालियाे











प्रतिक्रिया