

लागुऔषध ब्राउनसुगरसहित लुम्बिनीका २ जिल्लाबाट ४ जना पक्राउ



कपिलवस्तु । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जना प्रहरीको नियन्णमा परेका छन् भने बर्दिया कै गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ५० मिलिग्रामसहित एक किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै यता रुपन्देहीको सियारी गाउँपालिका–४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई पनि प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
मल्लाहको साथबाट प्रहरीले २ ग्राम १ सय ७९ मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया