पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ९ जना घाइते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको पहाडी सडकमा यात्रुवाहक बस पल्टिँदा ९ जना घाइते भएका छन् । पाल्पाबाट गैंडाकोटतर्फ आउँदै गरेको बस मंगलबार साँझ पल्टिँदा यात्रुहरू घाइते भएका हुन् ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले टेलिफोनमा दिएको जानकारी अनुसार उकालो चढ्न नसकेर बस ब्याक भएर पल्टिएको थियो ।

केही घाइतेको टाउकोमा चोट लागेको अधिकारीले जानकारी दिए । दुर्घटनापछि एम्बुलेन्ससहित सुरक्षाकर्मीको टोली घटनास्थलमा जाँदै छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले दुर्घटनामा ९ जना घाइते भएको र उद्धारका लागि टोली पठाइएको जानकारी दिए । बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

खबर सबै