कपिलवस्तुको बुद्धभूमीमा आगलागीबाट धनमाल जलेर नष्ट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा आगालागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको हो ।

उक्त आगलागी घटनाबाट केवटसहित ३ जनाको घरमासमेत आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयत तीनजनको घरमा आगलागी हुदा घर, लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

खबर सबै