

मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वास मत पाएका हुन् । मुख्यमन्त्री चौधरीलाई ५३ जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा २९ सांसदले मतदान गरे ।
मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा मागेको विश्वासको मतको प्रस्तावको विपक्षमा एमाले रह्यो । राप्रपाका प्रदेशसभा सदस्यहरू भने तटस्थ बसे । चौधरी १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीले १५ वैशाखमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
कांग्रेस संसदीय दलका नेता चौधरीले कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया