

गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु


गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।
जीसीको घरमा गएराति करिब १० बजे एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुंगामाटोले बनेको घर जलेर नष्ट भएको छ । घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षकसहितको १४ जनाको टोली घटनास्थल गएको थियो । मृतक जीसी घरमा एक्लै बस्दै आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।
उनका २ छोरा रोजगारीको सिलसिलामा विदेशमा छन् । मृतकको शव पोष्टमार्टम गर्न गुल्मी अस्पताल ल्याइएको छ


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया