

लुम्बिनीमा अबको मुख्यमन्त्री माओवादीलाई नदिने कांग्रेसको निर्णय

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो ।
शुक्रबारको बैठकले पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको रुपन्देहीका सांसद वसिउद्दिन खांले बताए । लुम्बिनी प्रदेशसभामा २७ सांसद सहित कांग्रेस दोस्रो ठूलो दल हो । ‘केन्द्रमा बनेको सत्ता समीकरण अनुसार प्रदेश सरकारहरु पनि पुनर्गठन गर्न कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ’, खांले भने, ‘प्रदेश सभाको दोस्रो ठूलो दल भएकाले नेपाली कांग्रेसले नेतृत्व नछाड्ने कुरामा सबै माननीयको एक मत रहेको छ ।’
लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो दल हो ।कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता दाङका डिल्ली चौधरी छन् ।
अहिले एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा माओवादी पनि छ । तर माओवादी संसदीय दलभित्र विवाद भएकाले बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिएपनि त्यो विषयले बैठकमा प्रवेश नै नपाएपछि नयां सरकार गठन प्रक्रिया अन्योलमा छ ।
माओवादीबाट मन्त्री बनेकी कृष्णा केसी, सांसद धनबहादुर मास्कीसहितले दलको नेता जोखबहादुर महराले विधि पद्धति विपरीत मनोमानी गरेको भन्दै बहुमत सांसदहरु आफ्नो पक्षमा रहेको बताएका छन् ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया