

तिलोत्तमामा अब गुट्खाजन्य पदार्थ विक्रिवितरण गर्न नपाइने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको छ ।
यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको छ । सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ ।
जारी सूचना अनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने उल्लेख छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया