

तिलोत्तमामा अब गुट्खाजन्य पदार्थ विक्रिवितरण गर्न नपाइने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको छ ।
यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको छ । सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ ।
जारी सूचना अनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने उल्लेख छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया