
चिकित्सकविरुद्ध बढ्दै उजुरी

काठमाडौँ । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिए । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ । छ उजुरीमा भने थप कारबाही गर्नुपर्ने उल्लेख छ । उनले दुईवटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत कारबाही अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।
काउन्सिलले १४३ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको छ । उनीहरूको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण नाम दर्ता सूचीबाट हटाइएको काउन्सिलले जनाएको छ । काउन्सिलका इथिकल बोर्डका संयोजक डा. कालुसिंह खत्रीले काउन्सिलमा परेको उजुरीमध्ये १० देखि १५ प्रतिशत चिकित्सकले कुनै न कुनै रूपमा गल्ती गरेको देखिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया