

बाध्यात्मक भन्दै खाडी मुलुक कतार जाँदै प्रधानमन्त्री प्रचण्ड



काठमडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण खाडीमुलुक कतारबाट हुने भएको छ । यसअघि भारतबाट पहिलो विदेश भ्रमण हुनसक्ने बताएका प्रधानमन्त्री प्रचण्डले यही फागुन २० गते कतारको भ्रमण गर्ने भएका हुन् ।
उनी विकासम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड कतार भ्रमणमा जानेबारे उनको सचिवालयले समेत पुष्टि गरेको छ । प्रचण्ड सहभागी हुने सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको पनि सहभागीता रहने जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रचण्डको कतार भ्रमणलाई बाध्यात्मक भनेको छ ।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा कसलाई अघि बढाउने विषय वर्तमान राजनीति वृत्तमा कसिलो बन्दै गरेको अवस्था छ । तरपनि उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुनैपर्ने स्थिति आएकाले उनी कतार जानुपर्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड कतारको भ्रमण सकेर फागनु २२ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले भारत भ्रमणलाई पहिलो प्राथमिकता राखेपनि राष्ट्रपति निर्वाचनपछि मात्रै उक्त भ्रमण गर्ने जनाइको थियो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया