बाध्यात्मक भन्दै खाडी मुलुक कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमडौं

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण खाडीमुलुक कतारबाट हुने भएको छ । यसअघि भारतबाट पहिलो विदेश भ्रमण हुनसक्ने बताएका प्रधानमन्त्री प्रचण्डले यही फागुन २० गते कतारको भ्रमण गर्ने भएका हुन् ।

उनी विकासम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड कतार भ्रमणमा जानेबारे उनको सचिवालयले समेत पुष्टि गरेको छ । प्रचण्ड सहभागी हुने सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको पनि सहभागीता रहने जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रचण्डको कतार भ्रमणलाई बाध्यात्मक भनेको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा कसलाई अघि बढाउने विषय वर्तमान राजनीति वृत्तमा कसिलो बन्दै गरेको अवस्था छ । तरपनि उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुनैपर्ने स्थिति आएकाले उनी कतार जानुपर्ने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड कतारको भ्रमण सकेर फागनु २२ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ । प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उनले भारत भ्रमणलाई पहिलो प्राथमिकता राखेपनि राष्ट्रपति निर्वाचनपछि मात्रै उक्त भ्रमण गर्ने जनाइको थियो ।

प्रतिक्रिया

खबर सबै