

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, कपिलवस्तुले पायाे २ मन्त्री





काठमाण्डाै – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको छ ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बन्नुभएको छ । यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएको छ ।
विनाविभागीय मन्त्री कृष्ण केसीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि हिजो राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले ३ तथा जनमत र राप्रपाले १–१ मन्त्रालय पाएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुख र राप्रपाबाट मेनुका खाण केसी उपसभामुख निर्वाचित भइसक्नुभएको छ । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री गिरीले माघ ५ गते नै विश्वासको मत लिइसक्नुभएको छ । 


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया